एनआरएनए कतारको चुनावमा १४ पदमा ६३ जनाको उम्मेदवारी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, कतारको नयाँ नेतृत्व (२०१९-०२१)का लागि शुक्रबार चुनाव हुने भएको छ । दोहास्थित नेपाली दूतावासको सभाहलमा हुने ८औं महाधिवेशनबट नयाँ कार्यसमिति चयन गरिने छ । निर्वाचन समितिका अनुसार बिभिन्न १४ पदका लागि हुने चुनावमा यसपटक ६३ जनाले प्रतिस्पर्धा गर्दै छन् ।